Rupandehi
Rupandehi
नेपालको पहिलो अन्तर्राष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरन काठमाडौं पश्चात नेपालको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नती भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि योग्य भएपश्चात नेपाल सरकार गृह मन्त्रालय, अध्यागमन विभाग अन्तर्गत रहने गरी नेपाल सरकार मन्त्रीपरिषद्बाट मिति २०७६।०८।०३ मा यस कार्यालयको दरबन्दी/शुरु पद सिर्जना भएको हो। तत् पश्चात मिति २०७८/१२/१४ मा कार्यालयका भौतिक संरचना स्थापना भई विधिवत् रुपमा कार्यालय सञ्चालन भएको हो। राजपत्रांकित प्रथम श्रेणीको पदाधिकारी कार्यालय प्रमुख रहने गरी जम्मा ४० (चालिस) जना कर्मचारीको सुरु दरबन्दी स्वीकृत भई कार्य सञ्चालन भइरहेकोमा हाल ३० (तीस) जना कर्मचारी दरबन्दीमा यस कार्यालय सिद्धार्थनगर नगरपालिका वडा नं. ४ र १० स्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको आगमन भवनमा सञ्चालनमा छ। अध्यागमन ऐन, २०४९ तथा नियमावली, २०५१, कार्यविधि, २०६५ र विभिन्न समयमा गृह मन्त्रालय र अध्यागमन विभागबाट भएका परिपत्रको अधिनमा रही आफ्नो कार्यसम्पादन गर्दै आएको छ ।