EN न्यून व्यान्डविथ Invert Color A- A A+

कर्मचारीहरुको कार्य विवरण र जिम्मेवारी 2081-05-12

नेपाल सरकार

गृह मन्त्रालय

अध्यागमन विभाग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सिद्धार्थनगर, रुपन्देही

कर्मचारीहरुको कार्य विवरण


पदाधिकारी परिचय जिम्मेवारी
कार्यालय प्रमुख

प्रमुख अध्यागमन अधिकृत

राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)

  • अध्यागमन नीति र नियमहरू विकास र तर्जुमा गर्न सहयोग गर्ने ।
  • नेपाल सरकार, गृह मन्त्रालय तथा अध्यागमन विभागबाट भएका निर्णय र निर्देशनहरू कार्यान्वयन गर्ने गराउने ।
  • महानिर्देशकबाट प्रत्यायोजित अधिकार बमोजिमको कार्य गर्ने ।
  • वरिष्ठ अध्यागमन अधिकृत र अध्यागमन अधिकृत मार्फत पेस भएका विषयमा नियमानुसार निर्णय दिने वा निर्णयार्थ पेस गर्ने ।
  • मातहतका कर्मचारीहरूबाट भएका भुल त्रुटीहरूलाई व्यवस्थापन गर्ने र कार्य सम्पादन स्तर हेरी पुरस्कार वा दण्ड सजायको लागि प्रक्रिया अघि बढाउने ।
  • अध्यागमन प्रक्रियाहरूको प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्न अध्यागमन कानुन र अन्तर्राष्ट्रिय अभ्यासहरूसँग अद्यावधिक रहने ।
  • भिसा जारी गर्ने प्रणाली प्रभावकारी भए नभएको निरीक्षण गरी सुधार गर्न पृष्ठपोषण दिने, साथै अध्यागमन आवेदन उपर निर्णय गर्ने ।
  • देशमा अनाधिकृत व्यक्तिको आवागमन रोक्न सुरक्षा प्रोटोकलहरू लागू गर्ने गराउने।
  • अवैध आप्रवासन, मानव बेचबिखन, वा अन्य अध्यागमन अपराधमा संलग्न संदिग्ध व्यक्तिहरू पहिचान गर्ने, नियमानुसार कारबाही गर्ने वा कारबाहीको लागि सिफारिस गर्ने ।
  • अध्यागमन, भिसा सहजीकरण र सम्बन्धी मामिलामा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्ने ।
  • अध्यागमन अधिकृत र अधिकारीहरूको लागि प्रशिक्षण तथा क्षमता विकास कार्यक्रमहरू आयोजना तथा सो को लागि समन्वय गर्ने ।
  • अध्यागमन सेवा सम्बन्धी प्रावधानलाई जनस्तरमा सुसूचित गराई  प्रभावकारी र पारदर्शी सेवा सुनिश्चित गर्ने ।
वरिष्ठ अध्यागमन अधिकृत

राजपत्रांकित द्वितिय श्रेणी

(उपसचिव)
  • अध्यागमन डेस्कको प्रभावकारी व्यवस्थापनको लागि अध्यागमन अधिकृतलाई मार्गदर्शन, प्रशिक्षण र सहयोग प्रदान गर्ने ।
  • प्र.अ. अधिकृतबाट प्रत्यायोजित अधिकार बमोजिम मातहतका कर्मचारीहरुको विदा, काज, भ्रमण आदेश स्वीकृत गर्ने ।
  • अध्यागमन कानूनले तोके बमोजिमका कागजात अपुग भएको अवस्थामा प्रस्थान अनुमति दिन नसकिने यात्रुलाई Offload गर्न अध्यागमन अधिकृतलाई सहजिकरण गर्ने।
  • कागजात नपुर्‍याइ Offload भएकाहरुलाई कानून बमोजिम रित पुग्ने कागजात पेश गरी पुन प्रस्थान हुन आएमा Reload गरी प्रस्थान अनुमति प्रदान गर्न अध्यागमन अधिकृतहरुलाई सहजिकरण गर्ने।
  • कार्यालयको वार्षिक खरिद योजना बनाउने।
  • अध्यागमन कानून, नियम, प्रक्रिया तथा  स्थापित मापदण्डहरुको  पालना भए नभएको सम्बन्धमा निरीक्षण गर्ने।
  • विशेष सतर्कता वा विशेषज्ञता आवश्यक पर्ने अध्यागमन मामिलाहरूको सम्बन्धमा सहयोग गर्ने ।
  • सरोकारवाला सरकारी निकाय, विमान कम्पनी, विदेशी दूतावासहरू वा वाणिज्य दूतावासहरू एवं अन्तर्राष्ट्रिय संस्थाहरूसँग सञ्चार र समन्वय गर्न प्र.अ.अ. लाई आवश्यक सहयोग गर्ने।
  • अध्यागमन नीति र प्रक्रियाहरूको निर्माण तथा कार्यान्वयनमा सुझाव तथा सिफारिसहरू प्रदान गर्ने।
  • कार्यालय प्रमुखको निर्देशन अनुसार कार्यालयमा भैपरि रुपमा आइपर्ने अन्य कामहरु समेत गर्ने ।

अध्यागमन अधिकृत

राजपत्रांकित तृतीय श्रेणी

शाखा अधिकृत

  • नेपाल प्रवेश वा नेपालबाट अन्य मुलुक प्रस्थान गर्ने नेपाली तथा विदेशी व्यक्तिहरुको लागि नियमानुसार आगमन तथा प्रस्थान अनुमति प्रदान गर्ने ।
  • यात्रुको थप जानकारी सङ्कलन गर्न र भ्रमण वा बसाइको उद्देश्य निर्धारण गर्न यात्रुसँग संक्षिप्त अन्तर्वार्ता लिने ।
  • राहदानी, भिसा, र प्रवेश अनुमति जस्ता यात्रा कागजातहरूको प्रमाणिकता र वैधता परीक्षण गर्ने ।
  • यात्रुको डाटालाई नेपाली पोर्ट सफ्टवेयरमा प्रविष्ट गर्ने ।
  • यात्रुको अध्यागमन प्रक्रियाहरू अध्यागमन कानुन, नियम र नीतिहरूको अनुपालनमा सञ्चालन भएको सुनिश्चित गर्ने।
  • अध्यागमन अधिकारी, विमान कम्पनीका प्रतिनिधि सहित विभिन्न सरोकारवालासँग समन्वय गर्ने ।
  • अध्यागमन कानून, नियम तथा प्रक्रियाहरूसँग अद्यावधिक रहने ।
  • कार्यालय प्रमुखको निर्देशन अनुसार कार्यालयमा भैपरि रुपमा आइपर्ने अन्य कामहरु समेत गर्ने ।

लेखा अधिकृत / सहायक लेखापाल

राजपत्रांकित तृतीय श्रेणी

लेखा अधिकृत

वा

राजपत्र अनंकित द्वितीय श्रेणी

 

  • कार्यालयको लेखा सम्बन्धी अभिलेख तथा कारोबारहरूको कानुन सम्मत व्यवस्थापन गर्ने ।
  • वित्तीय अभिलेख राख्ने ।
  • बजेट र वित्तीय योजना तर्जुमा गर्ने ।
  • वित्तीय प्रतिवेदन गर्ने ।
  • कर अनुपालनको सुनिश्चित गर्ने ।
  • लेखापरीक्षण तयारी गर्ने ।
  • कार्यालयको वित्तीय विश्लेषण गर्ने ।
  • कार्यालयको वित्तीय नियन्त्रण र अनुपालन गर्ने ।
  • बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्य र समन्वय गर्ने ।
  • वित्तीय सफ्टवेयर र प्रणालीहरू सञ्चालन गर्ने ।
  • कार्यालय प्रमुखको निर्देशन अनुसार कार्यालयमा भैपरि रुपमा आइपर्ने अन्य कामहरु समेत गर्ने ।

कम्प्यूटर अधिकृत

राजपत्रांकित तृतीय श्रेणी

ईन्जिनियर

  • आगमन र प्रस्थान डेस्कसँग सम्बन्धित कारोबारहरूलाई डिजिटाइजेसन गरेर कम्प्युटरमा इन्ट्री र प्रोसेसिङ  गर्ने ।
  • प्रचलित कानुन र माथिल्लो अधिकृत प्रति उत्तरदायी हुने ।
  • कार्यालयसँग सम्बन्धित सम्पूर्ण करेसपोन्डेन्सका प्रक्रियाहरू पूरा गरी आवश्यकता अनुसारको सेक्रेटेरियल सेवाहरू पुर्याउने ।
  • कार्यालयको उपभोग गरिरहेका हार्डवेयर, सफ्टवेयर र नेटवर्किङको सञ्चालन, मर्मत सम्भार, उपभोग प्रभावकारी रूपमा गर्ने गराउने कार्यमा सहयोग पुर्याउने ।
  • कार्यालय प्रमुख, व.अ.अ. र अध्यागमन अधिकृतहरूले समय समयमा आवश्यकता अनुसार अह्राएको बखत इन्टर र इन्ट्रा एजेन्सीसँग समन्वय र सहयोग गर्ने ।
  • प्रणाली प्रशासन (System Administration) सञ्चालन गर्ने ।
  •  नेटवर्क व्यवस्थापन (Network Management)  गर्ने ।
  • हार्डवेयर र सफ्टवेयर सञ्चालनमा सहायता प्रदान गर्ने ।
  • तथ्याङ्क व्यवस्थापन, सुरक्षा र भण्डारण गर्ने ।
  • IT पूर्वाधार योजना तर्जुमा गर्ने ।
  • कम्प्युटर प्रणालीलाई सम्भावित साइबर आक्रमणबाट सुरक्षा प्रदान गर्ने ।
  • अध्यागमन अधिकृत तथा प्रयोगकर्तालाई सफ्टवेयर प्रयोग एवं सूचना प्रविधि सिप बारे प्रशिक्षित गर्ने ।
  • कार्यालयमा प्रयोग भएको प्रविधिको अनुसन्धान र मूल्याङ्कन गर्ने ।
  • कार्यालय प्रमुखको निर्देशन अनुसार कार्यालयमा भैपरि रुपमा आइपर्ने अन्य कामहरु समेत गर्ने ।

नायब सुब्बा

राजपत्र अनंकित प्रथम श्रेणी

नेपाल प्रशासन सेवा

  • अध्यागमन प्रक्रियालाई सहजीकरण गर्न अध्यागमन अधिकृत तथा व.अ.अ. लाई सहयोग गर्ने ।
  • कार्यालयको आफूसँग सम्बन्धित कागजात सुरक्षित सँग राख्ने ।
  • यात्रुको भिडलाई पक्तिबद्ध गराउने ।
  • कर्मचारीहरुको विदा काज, सरुवा, हाजिरी आदिको अभिलेख व्यवस्थित गर्ने ।
  • कर्मचारी प्रशासन सम्बन्धी काम गर्ने र कर्मचारीको व्यक्तिगत फाइलहरु अध्यावधिक गर्ने र राख्ने ।
  • दर्ता चलानी सोधपुछ काउन्टर सम्बन्धी कार्य व्यवस्थित रुपमा सञ्चालन गर्ने ।
  • जिन्सी सामानहरुको दाखिला प्रतिवेदन तयार गर्ने ।
  • वार्षिक जिन्सी मौज्दातको विवरण तयार गर्ने ।
  • कार्यालयमा रहेका चल अचल सम्पत्तीको संरक्षण तथा संभार गर्ने गराउने ।
  • सहज अध्यागमन प्रक्रियाको लागि यात्रुलाई सहायता प्रदान गर्ने ।
  • पत्र व्यवहार सम्बन्धी कार्य गर्ने ।
  • कार्यालय प्रमुखको निर्देशन अनुसार कार्यालयमा भैपरि रुपमा आइपर्ने अन्य कामहरु समेत गर्ने ।

कम्प्यूटर अपरेटर

राजपत्र अनंकित प्रथम श्रेणी

नेपाल विविध सेवा

  • नेपाली पोर्टको प्रणाली सञ्चालन गर्ने ।
  • कार्यालयको दैनिक प्रशासनिक काम कारवाही तथा यात्रुहरुलाई Entry refuse र offload गर्दा आवश्यक पर्ने पत्र तयार गर्ने ।
  • यस कार्यालयबाट अन्य निकायमा पठाउनुपर्ने तथा अन्य निकायबाट यस कार्यालयमा प्राप्त पत्रहरुको वेभसाइट, इमेल, इन्टरनेट चेक गरी जानकारी गराउने ।
  • कार्यालयका आवश्यक तथ्याङ्कहरुको व्यवस्थापन गर्ने ।
  • System Maintenance & Troubleshooting गर्ने ।
  • IT Support को रूपमा काम गर्ने ।
  • अध्यागमन कार्यालयका कर्मचारीसँग IT सञ्चालन सम्बन्धमा आइपर्ने समस्या समाधान गर्ने ।
  • कार्यालय प्रमुखको निर्देशन अनुसार कार्यालयमा भैपरि रुपमा आइपर्ने अन्य कामहरु समेत गर्ने ।

हलुका सवारी चालक

श्रेणी विहीन

  • कार्यालयबाट सवारी साधन प्राप्त गर्ने कार्यालय प्रमुख तथा वरिष्ठ अध्यागमन अधिकृतलाई कार्यालय आउजाउ गर्न तोकिएको सवारी साधन चलाउने ।
  • अध्यागमन कार्यालयको कर्मचारी वाहन (Staff Vehicle ) प्रयोग गर्ने कर्मचारीहरूलाई यातायात सेवा उपलब्ध गराउने ।
  • तोकिएको सवारीसाधनको सरसफाई रेखदेख तथा संरक्षण गर्ने ।
  • चालकको रूपमा ट्राफिक नियम र सुरक्षित ड्राइभिङ अभ्यासहरूको पालना गर्ने ।
  • सवारी साधनको उपयोग, माइलेज, इन्धन खपत, र मर्मतसम्भार गतिविधिहरूसँग सम्बन्धित सही तथ्याङ्क राख्ने ।
  • सवारी साधनको समुचित व्यवस्थापनको लागि कार्यालयसँग समन्वय गर्ने ।
  • सवारी साधनको मर्मत गर्न आवश्यक भएको खण्डमा प्रशासन/स्टोर सँग समन्वय गरी सर्भिसिङ/मर्मत पेश गर्ने ।
  • कार्यालय प्रमुखको निर्देशन अनुसार कार्यालयमा भैपरि रुपमा आइपर्ने अन्य कामहरु समेत गर्ने ।

कार्यालय सहयोगी

श्रेणी विहीन

  • कार्यालय,आगमन तथा प्रस्थान कक्षहरुको नियमित रुपमा सरसफाइ गर्ने ।
  • कार्यालयको आदेश निर्देश अनुसार चिठी पत्र लगाएत कागजातहरु सम्बन्धित निकाय तथा फाँटहरुमा बुझाउने तथा पुर्‍याउने ।
  • कार्यालयसँग सम्बन्धित महत्वपूर्ण कागजातहरूको संरक्षण गर्ने ।
  • आगमन तथा प्रस्थान यात्रुहरुको लाम व्यवस्थापन गर्ने ।
  • कार्यालय तथा  कार्यालयको आवाश गृहको सुरक्षाको लागि पालो पहरा गर्ने ।
  • कार्यालयका सामाग्रीहरुको ‍ओसार पसार तथा संरक्षणमा सहयोग गर्ने ।
  • जिन्सी सामग्रीको  भण्डारण तथा आपूर्ति कार्यमा सहयोग गर्ने ।
  • कार्यालयको अन्य प्रशासनिक कार्यमा सहयोग गर्ने ।
  • कार्यालय प्रमुखको निर्देशन अनुसार कार्यालयमा भैपरि रुपमा आइपर्ने अन्य कामहरु समेत गर्ने ।

 


पछिल्लो अपडेट गरिएको : 2025-11-24 13:56:18 13:56:18
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter